काठमाडौँ । कृतिका मरासिनी यू–१९ महिला क्रिकेट टिमको कप्तान नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरेको हो ।
आईसीसी यू–१९ महिला विश्वकप छनोटअघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।
छनोट आगामी जुन ४ बाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।




















प्रतिक्रिया