Logo

अर्थ

सुनको मूल्य ३०० रुपैयाँले घट्यो 



काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार  भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।
 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार ११:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।