Logo

अर्थ

नेप्से परिसूचक एकैदिन २९.८९ अंकले घट्यो, कारोबार रकम डेढ अर्ब पनि पुगेन



काठमाडौं । शेयर बजार परिसूचक नेप्से एकै दिन २९.८९ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित भयो ।

बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ ।

जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९ सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।

यस्तै बलेफी हाइड्रो, लाईफ इन्स्योरेनस कर्पोरेसनको सेयर मूल्य ८ प्रतिशत बढीले घट्यो । धेरै कारोबार हुने प्रमुख तीन कम्पनीमा नेपाल टेलिकम, हिमालय डिस्टीलरी र बैंक अफ काठमाडौं छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार १५:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।