Logo

अर्थ

धरान उपमाहानगरकाे बजेट १ अर्ब ६८ करोड



धरान । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट विनियोजन गरेको छ । उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले शुक्रबार धरानको ११औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४ सय ४२रुपैयाँ र पुँजीगततर्फ ८१ करोड ९५ लाख ५० हजार ५ सय ५८ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

आगमी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक रास्वबाट २५ करोड, संस्थागत आन्तरिक अनरदान ५ करोड २० लाख, संघीय सरकारबाट ८३ करोड ४ लाख प्रदेश सरकारबाट ३ करोड ५० लाख ७० हजार संघीय राजस्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुगहुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवतैनबाट व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताएका छन् ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधारविकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको छ । धरानका २० वटै वडाहरुमा प्रशासनिकतर्फ २ करोड ५० लाख र कार्यक्रम तथा पुँजीगततर्फ २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाखर  शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य तर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ १ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ ।

पर्यटन तर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख र साहित्य कला सँस्कृतितर्फ १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धरानको अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापनतर्फ २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार १६:३९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।