Logo

अर्थ

९५ प्रतिशत गाउँपालिकाले तोकिएकै समयमा ल्याए बजेट



काठमाडौं । देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट तोकिएकै समयमा ल्याएका छन् । देशभर ४६० गाउँपालिकामध्ये करिब ९५ प्रतिशतले बजेट ल्याएका हुन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले भने बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।

बजेट पेश नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।

असारको १० गतेभित्र बजेट पेश गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १०:५९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।