Logo

अर्थ

पेट्रोलियम पदार्थको करमा भारी कटौती गर्न सरकारलाई निर्देशन दिने गठबन्धनको निर्णय



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पेट्रोलियम पदार्थमा हाल लाग्दै आएको करमा भारी कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थमा लिइँदै आएको कर भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

गठबन्धनको यो निर्णयलाई सरकारले आजैदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म कम हुने जनाइएको छ ।

यसअघि शुक्रबार (हिजो) प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको थियो । यस समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकले सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल गरेपछि करमा कटौती गरेरै भएपनि जनतालाई साहुलियत दिन भनेको थियो ।

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ११:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।