Logo

अर्थ

पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार, पत्रकार सम्मेलनमार्फत उद्योगमनत्रीले घोषणा गर्ने



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन संसदीय समिति र गठबन्धनको बैठकले निर्देशन दिएसँगै सरकारले कर कटौती गरेर कर घटाउन लागेको निगम स्रोतले जानकारी दियो ।

यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दै छन् । हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

सोही निर्देशन तथा चौतर्फी विरोध भएपछि सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा भारी छुट दिन सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १२:११   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।