Logo

अर्थ

भिमसेनथापा गाउँपालिकाले ल्यायो ६२ करोड २६ लाखको बजेट



गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले ६२ करोड,२६ लाख ८८ हजारको बजेट ल्याएको छ । गत शुक्रबार बसेको गाउँसभाले नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याएको हो ।

जसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान १४ करोड ४५ लाख, सशर्त अनुदान २३ करोड, ५५ लाख, र पुँजीगत अनुदानतर्फ १ करोड १५ लाख रहेको छ । यसै गरी संघीय सरकार उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक ग्राम स्थापनाको लागि ९२ लाख,राजस्व बाँडफाँटतर्फ ८ करोड ४४ लाख ६८ हजार गरी जम्मा ४८ करोड ५१ लाख ६८ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ७७ लाख ५७ हजार, समपूरक अनुदान ५० लाख, राजश्व बाँडफाँटतर्फ ५२ लाख ६३ र विशेष अनुदान ५० लाख गरी जम्मा ३ करोड ३० लाख २० हजार प्राप्त हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार १३:५९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।