Logo

कर्पोरेट फोकस

नेपाल बैंकर्स संघको कार्यक्रम लागि वाणिज्य बैंकका सीइओ पोखरा जाँदै



वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले पोखरामा विशेष कार्यक्रम गर्ने भएको छ । संघले आगामी शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरहरुको सहभागितामा छलफल गर्न लागेको हो ।

छलफलमा सबै बैंकका सीइओ रहने छन् । त्यस्तै संघले राष्ट्र बैंकका गभर्नर र दुवै डेपुटी गभर्नरहरुलाई आमन्त्रण गरेपनि को को आउने छन् भन्ने यकिन भैनसकेको बताए ।

मुख्यत : आगामी मौद्रिक नीति बारे छलफल गर्ने र मौद्रिक नीतिको लागि संघका तर्फबाट राष्ट्र बैंकलाई सुझाव दिनको लागि कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । त्यस्तै छलफलमा डीजीटल करेन्सीबारे अरु सिभिल बैंकका सीईओ सुनिल पोखरेलले प्रस्तुतिकरण दिने छन् ।

राष्ट्र बैंकले निकट भविष्यमा डीजीटल करेन्सी संचालन गर्ने तयारी गरिरहेको छ । यसै सन्दर्भमा सीईओ पोखरेलले अरु देशको अनुभव तथा अभ्यास सहितको प्रस्तुतिकरण दिने भएका हुन्।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १५:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।