Logo

अर्थ

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा 



काठमाडौं । डिप्रोक्स लघुवित्तले १६ असारबाट एक लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ निर्धारण गरिएको छ ।

आवेदकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । लिलामी शेयरमा कम्पनीकै संस्थापक शेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदकले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा २३ असारेसम्म आवेदन दिन मिल्नेछ । 

लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामी शेयरको आवेदन २४ असार बिहान १० बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १२:०९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।