Logo

अर्थ

बजेट निर्माणमा हाम्रो संलग्नता पुष्टि भए कारवाही भोग्छौ : चौधरी ग्रुप



चौधरी ग्रुपले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा आफूलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ग्रुपका निर्देशक निर्वाण चौधरी बजेट निर्माण प्रकृयामा कुनै चासो र सरोकार नरहेको बताउँदै स्पष्ट पार्न चाहेको बताएका छन् ।

बजेट निर्माण मामिलामा हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दछौँ, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । यसबारे छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ ।

बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता कहीँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको उनले बताएका छन् । यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारवाही भोग्न तयार हुनेछन् भन्ने अपेक्षा लिएका छौं, उनले भनेका छन् ।

नेपालमा नेटा भी विद्युतीय गाडीको आधिकारिक विक्रेता चौधरी ग्रुप हो । यो गाडी कर छुटको मापदण्डमा पर्ने गरि १ सय किलोवाट भन्दा माथिलाई मात्रै कर बढाइएको आरोप छ। त्यस्तै चाउचाउ उद्योगले वनस्पति तेल आयत गर्न पाउने निर्णय भएपछि यसमा पनि चौधरी ग्रुपलाई जोडिएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।