Logo

अर्थ

रावा बेसीमा घट्याे विद्युत महसुल  



खोटाङ । खोटाङको रावा बेसी गाउँपालिकामा सामुदायिक विद्युत वितरण केन्द्रमार्फत सञ्चालित विद्युतको मासिक महसुल घटाएको छ ।  केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो ।

सामुदायिक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले १ साउनदेखि लागु हुनेगरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो । 

केन्द्रबाट रावाबेँसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुबेकोल तथा ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत उपभोग गर्दैआएका छन् ।

सामुदायिक विद्युत वितरण केन्द्रलाई छाडेर नेपाल विद्युत प्राधिकरण अन्तरगतको विद्युत उपयोग गर्न चाहने ग्राहकलाई सबै उपभोक्ताको हस्ताक्षर र सम्वन्धित वडाको सिफारिसका आधारमा नियमानुसार सिफारिस दिइने अध्यक्ष निरौलाले बताए । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १३:४३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।