Logo

अर्थ

नेकपा सरकारकै पालादेखि अर्थतन्त्रमा त्रासको वातावरण सुरु भएको हाे : अर्थविद् पोखरेल



काठमाडौं । अर्थविद् डा जगदीशचन्द्र पोखरेलले तत्कालिन नेकपा सरकार भएकै बेलाबाट अर्थतन्त्रमा त्रासको वातावरण सुरु भएको बताएका छन् । शुक्रबार एमाले नीति तथा प्रतिष्ठानले गरेको अन्तरक्रियामा डा पोखरेलले कुन र कतिबेलाको तथ्यांक पिकप गर्ने भन्ने महत्वपूर्ण रहेको भन्दै नेकपाको सरकार आएपछि नै समस्या आएको बताए ।

उनले त्यसबेलाका प्रधानमन्त्रीले ठूलठूला आइडिया ल्याएपनि ती राजनीतिकमात्र भएको बताए । पोखरेलले अझै सुधार्न सकिने केही आशाका किरणहरु बाँकी रहेको बताए । ‘राजनीतिक आशाका किरणलाई सूर्यको किरणतर्फ लैजान राज्यको काम गराइको शैली र पारदर्शी र राजनीतिक तवरले गरेका निर्णयहरुलाई कार्यान्वयनमा लैजाँदा विशेष ध्यान दिनुपर्छ’, उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १८:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।