Logo

कर्पोरेट फोकस

एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा सुरु



काठमाण्डौ । एनसीसी बैंकले मोको डिजिटल वालेटमार्फत आफ्नो भिसा डेबिट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ ।

यस सेवाबाट बैंकका ग्राहकले मोबाइल वालेटबाट नै भर्चुअल डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानी तथा सेवाहरु उपयोग गर्न सक्नेछन् । यसका साथै मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे माध्यमबाट १ हजार ५०० भन्दा बढी मर्चेन्टमा भिसा क्यूआर कोड प्रयोग गरी भुक्तानीसमेत गर्न सकिन्छ ।

मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा, १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम वुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकमाझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।