Logo

उद्योग

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर



काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको छ ।

लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भतmजनलाई १५० जना विभिन्न स्वयंसेवकद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ। यसका साथसाथै पशुपतिनाथमा भक्तजनलाई निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको छ ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । करिब २ हजार धर्मावलम्बीले स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरहरुमा पूजा अर्चना गरिन्छ र सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका विभिन्न स्थानमा पूजाअर्चना गरिन्छ ।

यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअनुरुप संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १७:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।