Logo

५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात गर्न अनुमति सरकारको निर्णय



सरकारले ५० हजार डलर बढी मूल्यको सवारीसाधन आयात गर्न अनुमति दिने भएको छ ।

सरकारले विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्तसंस्था र विदेशी कर्मचारीले निजी प्रयोगका लागि महंगो मूल्यका सवारी आयात गर्न दिने निर्णय गरेको जनाएको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महंगो गाडीको आयात रोक्दा कुटनीतिक नियोगलाई गाह्रो भएको भन्दै आयात गर्न दिने भएको बताए।

सरकारले महामारीपछि विदेशी विनिमय सञ्चिति बचाउन यस्ता महंगा गाडीको आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आईतवार २२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।