Logo

समाचार

करोडौँ बैंकिङ कसुरमा फरार दुई महिला पक्राउ



काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार दुई प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगर ३२ तिनकुने बस्ने झापा दमक नगरपालिका ४ शान्तिटोल बस्ने ४८ वर्षीया मीना तिवारी र काठमाडौं महानगर ६ बस्ने सविता कार्की रहेका छन्।

जिल्ला अदालत झापाबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी मीनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तिनकुनेबाट पक्राउ गरेको हो।

साथै, साविक पुनरावेदन अदालत पाटनबाट २०७१ वैशाख २९ गते उक्त मुद्दामा तीन वर्ष कैद र नगद ८ करोड ५० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी सवितालाई गोकर्णेश्‍वर नगरपालिका ४ बाट मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउमध्ये मीनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। सवितालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार १९:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।