सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेललाई जिम्मेवारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल सकिएपछि हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
साउन १५ गते बसेको बैंकको संचालक समितिको बैठकले साउन २६ गतेदेखि लागु हुने गरि कँडेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । गौतमले यहि साउन २५ गतेबाट विददा लिने बैकले जनाएको छ ।





















प्रतिक्रिया