Logo

बैंकिङ

कृषकलाई ऋण दिन ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबिच सम्झौता



कृषकहरुलाई ऋण दिन ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबिच सम्झौता भएको छ  । स्थानियहरुलाई कृषिमा सहुलियतपूर्ण ऋण दिन हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा बैंक र नगरपालिकाबीच सम्झौता भएको हो ।

तानसेन नगरपालिकाको अगुवाईमा कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेनका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई ऋण दिने जनाएको छ । सरकारले यसमा ५ प्रतिशत ब्याज अनुदान तिर्ने जनाइएको छ । 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।