सीजी ग्रुपको इन्टरनेट सेवाप्रदायक कम्पनी सीजी नेटले आक्रामक तरिकाले बजार विस्तार गर्दै गएको छ । सीजी नेटले ग्राहक आकर्षित गर्ने अफरसहित आक्रामक तवरले बजार विस्तार गर्दै गइरहेको हो ।
इन्टरनेट सेवा प्रदायक कम्पनीमा कान्छो मानिएको सीजी नेटले बिस्तारै आफ्नो सेवा क्षेत्र पनि बढाउँदै लगेको छ । कम्पनीले दुईसाता भित्र काठमाडौंका विभिन्न ६ स्थानमा सेवा बिस्तार गरिसक्ने जनाएको छ । यहि साउन २३ देखि भदौ ३ सम्ममा सतुंगल, महराजगञ्ज, बालाजु, छाउनी, कोटेश्वर र कलंकीमा सेवा विस्तार गर्ने कम्पनीले उल्लेख गरेको छ । ।
यसअघि सीजी ग्रुपले जेठ १८ देखि औपचारिक रुपमा ललितपुरको जावलाखेल, झम्सिखेल लगायतका स्थानबाट फाइबर इन्टरनेट सेवा सुरु गरेको थियो । गत असार ३१ बाट सिजी नेट काठमाडौं प्रवेश गरेका थियो । काठमाडौंको कुलेश्वर, बल्खु, कालिमाटी, टेकु, त्रिपुरेश्वरसहितका क्षेत्रमा सीजी इन्टरनेट प्रयोगमा आइसकेको छ ।
सीजी नेटले उपभोक्ताहरुलाई सेवा प्रारम्भको अफरस्वरुप (इन्ट्रडक्टरी अफर) तत्काल १२० एमबीपीएसको प्याकेज मात्रै सार्वजनिक गरेको छ । यो प्याकेज १, ३, ६ र १२ महिनामा उपलब्ध गराएको छ । आवासीय र व्यापारिक दुवै प्रयोजनका लागि उपभोक्ताहरुले यो सेवा जडान गर्न सक्ने बताइएको छ ।
कम्पनीले उपभोक्तालाई उपलब्ध गराएको सबै प्याकेज खरिद गर्दा जडान र ड्रप–वायर (नजिकको प्वइन्टदेखि घरसम्म जोड्ने तार) को शुल्क भने तिर्नुनपर्ने जनाएको छ । सिजी नेटले उपभोक्ताहरुलाई १२० एमबीपीएस स्पीडको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ।





















प्रतिक्रिया