काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्याक टु व्याक एकपछि अर्को कमाल गर्दै गएका छन् । डोजर अभियानले चर्चामा रहेका उनले काठमाडौँबासीका लागि अर्को खुशिको खबर दिएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले काठमाडौं बनाउने मेयर शाहको सपनामा दरिलो साथ दिने भएका छन् । मेयरमा निर्वाचित भए देखीनै मेयर शाहले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर विभिन्न गतिविधी गर्दै आएका छन् यो सम्बन्ध अब झनै कसिलो बन्ने भएको छ ।
पुन र मेयर शाहकाबीचमा एउटा समझदारी बनेको छ जसका काराण सिंगो काठमाडौंबासीमा खुशियाली छाएको छ । मेयर शाहले काठमाडौं महानगरपालिका भित्रै एउटा आविष्कार केन्द्र खोल्ने योजना पुनलाई सुनाएका छन् । मेयर शाहको प्रस्ताव सुन्ने वित्तिकै पुनले यो काम एकदमै राम्रो हुने भन्दै आफ्नो पूर्ण साथ रहने बचन दिएका छन् ।
अब तुरन्तै काम अघि बढाउने तयारी मेयर शाहले गरेका छन् । मेयर शाहले किर्तिपुरमा रहेको आविष्कार केन्द्रको अनुगमनका लागि महानगरपालिकाका सामाजिक सेवा विभागका प्रमुख र आफ्ना स्वकिय सचिवलाई आजै पठाएका छन् । यो कामका लागि ढिला गर्दै नगर्ने पक्षमा शाह देखिएका छन् । पुनले पनि आफूले बालेनलाई पूर्ण रुपमा साथ दिने घोषणा गरेका छन् ।
बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा मेयर शाह र पुनबीच भेटवार्ता भएको थियो । उक्त भेटमा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।
मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन् । यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा अड्चन आए नआएको बारेमा पनि छलफल भएको स्वकीय सचिव शाहले बताए ।
‘अनौपचारिक सहकार्य भइरहेको र औपचारिक सहकार्य अन्तिम अवस्थामा पुगेकोबारे छलफल भएको थियो,’ उनले भने, ‘मेयरज्यूको निर्देशनमा सामाजिक विकास विभागका प्रमुख दिपक अधिकारी र म आजै आविष्कार केन्द्र पनि पुगेका थियौं ।’
पुनले उनीहरूलाई कीर्तिपुरस्थित आविष्कार केन्द्रको भ्रमण गराई कामबारे जानकारी दिएका थिए । यस्तै महानगरसँग थप सहकार्य कसरी गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको उनले बताए । भूपदेवले स्वास्थ्य चौकी, पार्कलगायत अन्य क्षेत्रमा तिर्नुपर्ने शुल्कलाई पूर्णरूपमा डिजिटलाइज गर्न सहकार्य गर्ने गरी कामहरू समेत हुने बताए ।




















प्रतिक्रिया