एनएमबि बैंकले घर कर्जाका लागि ८.५ प्रतिशत ब्याजदरमा ५ वर्षसम्म नबढाउने योजना ल्याएको छ । बैंकले ब्याजदर बढाईरहने चिन्ता हटाउन यस्तो योजना ल्याइएको हो ।
निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।
निश्चित गरिएको दर बाहेकको घर कर्जाको हकमा भने बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमा कर्जा प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ ।
यसरी ग्राहकवर्गले डेरा भाडा तिर्ने पैसाले किस्ताबन्दीमा आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने बैंकले विश्वास लिएको छ ।





















प्रतिक्रिया