Logo

स्वास्थ्य

जापान सरकारले दिएको ५ लाख बढी डोज नेपाल आइपुग्यो



जापानबाट शनिबार ५ लाख १३ हजार ४२० डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये पहिलो चरणको खोप नेपाल आइपुगेको हो । 

कतार एअरको विमानबाट खोप ल्याइएको हो । पहिलो खेपमा आज पाँच लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको छ । आइतबार थप ५ लाख डोज खोप आउने बताइएको छ । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापानबाट दुई चरणमा खोप नेपाल आइपुग्ने जानकारी दिएका छन् । मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।