पछिल्लाे समय नेपालमा काेराेना संक्रमितको संख्या केही घट्न थालेको छ । अघिल्लो दिनको तुलनामा शनिबार संक्रमित र मृतकको संख्या समेत घटेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।




















प्रतिक्रिया