केन्याविरूद्धको तीन खेलको एकदिवसीय अभ्यास सिरिज नेपालले जितेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले पराजित गर्यो ।
नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४७।१ ओभरमा पूरा गर्यो ।
नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहित कुमार पौडेलले नटआउट ४६ रन र बसिर अहमेदले नटआउट ५२ रन जोडे ।
त्यसअघि ओपनर अर्जुन साउदले ५८ रन र आसिफ शेखले ५६ रनको योगदान दिएका थिए। ज्ञानेन्द्र मल्लले ३३ रन जोडे। देव खनाल भने १ रनमै आउट भएका थिए ।
बलिङमा केन्याका विराज पटेलले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो ।
केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे । उनले ७ चौका र २ छक्का हिर्काए ।
लुकास ओलुओचले नटआउट ५९ रन जोडे । उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।
बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले २(२ विकेट हात पारे ।
नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २(० को अग्रता लिएर सिरिज जितेको थियो ।
तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरे । नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन लिग खेल्न गएपछि रोहितले नेपालको नेतृत्व गरेका हुन् ।
एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी(२० सिरिज खेलेको थियो । सिरिजमा नेपाल ३(२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो ।




















प्रतिक्रिया