Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा



काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेका छन् । उनीविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको जाहेरी दिएकी थिइन् ।

त्यसपछि बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । त्यसलगत्तै बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लले बताए । यसअघि बुधबार तत्काल सन्दीपलाई कारबाही नगर्ने बताएको क्यानले पक्राउ पूर्जी जारी हुनसाथ निलम्बन गरेको हो ।

क्यारिबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज पुगेका सन्दीले आजै मात्र क्यानलाई आफू निर्दोष रहेको र कानूनी उपचारमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

विज्ञप्ति हेर्नुहाेस्

याे पनि…

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

सन्दीपले क्यानसँग भने : म निर्दोष छु, कानुनी उपचारमा सहजीकरण गरिदिनुस्

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १९:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।