काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थामाथि प्रहार गरेको बताएका छन् । संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक पनि प्रमाणीकरण नगरेपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले राष्ट्रपतिको निर्णयको भर्त्सना गरेका छन् । उनले जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाटै प्रणाली नै खतरामा पार्ने काम भएको जनाएका छन् ।
पौडेलले लेखेका छन् – ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।’




















प्रतिक्रिया