Logo

राजनीति

राष्ट्रपति र सरकारविरुद्ध जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलन घोषणा



काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति र सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । नागरिक विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध र किसानका माग सम्बोधन नगरेकाले गठबन्धन सरकारविरुद्ध जनमत पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

जनमत पार्टीले जारी गरेको विज्ञप्तिअनुसार असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामनासहित नागरिकताको अधिकार खोसेको विषयमा माइकिङ, असोज ११ देखि १८ सम्म वडास्तरमा अन्तरक्रिया, र्याली, विरोध प्रदर्शन र कोणसभा, असोज १९ गते (विजयादशमी) किसानको माग सम्बोधन नगर्ने र नागरिकताको अधिकार खोस्नेहरूको पुत्ला दहन गरिनेछ । 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १२:४२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।