Logo

राजनीति

कांग्रेस ‘विद्रोही’ समूह : बरु कारबाही भोग्ने, तर न्याय र समानताको लडाइँबाट नभाग्ने



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीमा न्याय र समानताका लागि आवाज उठाउँदा संस्थापनले कारबाही गरे भोग्न तयार रहेको बताएको छ । संस्थापन इतर समूहका नेता गुरुराज घिमिरेले मंगलबार पार्टी कार्यालय सानेपामा प्रतिक्रिया दिँदै कांग्रेसको समानुपातिक सूची बनाउँदा न्याय नभएको भन्दै त्यसैका लागि आफूहरुले आवाज उठाउँदा संस्थापनबाट आफूहरुमाथि कारबाही गरिए भोग्न तयार रहेको बताएका हुन् ।

‘समानुपातिकको सूची बनाउँदा न्याय भएको छैन । हामीले भाग खोजेका होइनौँ । न्याय खोजेका हौ’, नेता घिमिरेले भने, ‘हामी बन्द सूची सच्याउने समयसम्म पर्खन्छौं । न्यायका लागि आवाज उठाउँदा कारवाही हुन्छ भने भोग्न तयार छौँ ।’ उनले न्यायका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको पनि बताए । ‘हामीले शेरबहादुर देउवालाई मात्रै भनेका होइनौँ शेखर कोइराला र महामन्त्रीहरूलाई पनि अन्याय भयो भनेका हौँ’, घिमिरेको भनाइ छ ।

कांग्रेसमा शेखर कोइराला समूहका दोस्रो तहका नेताहरुले समानुपातिक सूची नसच्याए धर्ना बस्ने चेतावनी दिँदै आएका छन् ।तर पार्टी प्रवक्ता प्रकाशशरण महतले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता नरहेका भन्दै कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी भर्न विधानअनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची तयार भएको दाबी गरेका थिए । उनले विद्राही पक्षको आन्दोलनको कुरा वाञ्छनीय नभएको भन्दै अनुशासनविरीत गए कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।

  • याे पनि …

कांग्रेस संस्थापनकाे दाबी : समानुपातिक उम्मेवारको सूची विधानअनुसार तयार भएको हो

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १९:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।