Logo

प्रमुख समाचार

देउवामाथि चन्द्र भण्डारीको झटारो– कांग्रेस सिध्याउने अधिकार कसैलाई छैन



बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउमाथि इंगित गर्दै कांग्रेस सिध्याउने अधिकार कसैलाई नभएको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र अहिले भइरहेको मनपरी रोक्न खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

‘कांग्रेस सिद्धिनुभएन । राजाका बेला नसिद्धिएको, माओवादीका बेला नसकिएको कांग्रेसलाई अहिले आफ्नैबाट सम्स्यामा परेको छ’, भण्डारीले भने ।

नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबन्डा र परिवारवाद लादिएको भन्दै त्यो आफूहरूलाई कदापि मान्य नहुनेसमेत चेतावनी दिए । उनले समानुपातिक सूची सच्चाएरै छाड्ने र विवादित मान्छेलाई सूचीबाट हटाउनेसमेत दाबी गरे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार २०:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।