शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केहि क्षेत्रको निर्वाचन निकै पेचिलो बन्ने देखिएको छ । निर्वाचन पेचिलो बन्ने देखिएको मध्येको एक क्षेत्र रहेको छ चितवनको क्षेत्र नम्बर ३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले प्रतिष्पर्धा गर्दै आएको चितवन ३ मा यस पटक पनि नेपाली कांग्रेस सहितको गठबन्धनको तर्फबाट प्रचण्ड उमेदवार बन्ने छन् । तर गठबन्धननै गरेर आउदा पनि यस पटक चितवनमा प्रचण्डलाई गारो पर्ने विश्लेषण गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इच्चार्ज देवी ज्ञवालीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले यस पटक कुनै पनि हालतमा चितवनमा चुनाव नजित्ने हिसाब किताब सुनाएका छन् ।
गठबन्धनबाटै उमेदवार बनेर आएछन् भने पनि प्रचण्डलाई सजिलैसँग हराउन सक्ने हिसाब सुनाउदै ज्ञवालीले त्यसका लागी आवश्यक सबै तयारी भइरहको बताएका छन् । एक्लाएक्लै प्रतिष्पर्धा गर्दा पनि चितवन ३ मा एमाले पहिलो शक्ति रहेको भन्दै काग्रेस माओवादी गठबन्धन गरेछन्नै भने पनि हराउन सक्ने गरि तयारीमा अवस्थामा बसेको जिकिर उनले गरेका छन् ।
सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी तोकेको निर्वाचनमा गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर ३बाट उमेदवार बन्न लागेका प्रचण्डलाई यस पटक राम्रो सँग होस खुलाइदिने उद्घोष पनि ज्ञवालीले गरेका छन् ।
एमालेका चर्चित नेता ज्ञवालीले प्रचण्डलाई राष्ट्रिय समस्याको संज्ञा दिएका छन् । नेकपा एमालेको निष्कर्षनै प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने रहेको भन्दै उनले यस पटक चितवनका जनताले राम्रो सँग होस खुलाएर पठाउने बताए ।
कुनै पनि हालतमा प्रचण्डलाई चुनाव हराउन सक्ने तागत आफूहरुसँग रहेको जिकिर पनी ज्ञवालीले गरेका छन् । सिंगल ,सिंगल प्रतिष्पर्धा गर्दा अहिले पनि चितवन ३ मा एमाले पहिलो शक्ति भएको हिसाब देखाउदै ज्ञवालीले प्रचण्ड गठबन्धन गरेर आएछन् भने आफुहरुले पनि अन्य राजनीतिक पार्टीहरुसँग सहकार्य गरेर भए पनि प्रचण्डलाई हराइ छोड्ने घोषणा गरेका छन् ।
कांग्रेस माओवादी गठबन्धन गरेर आए छन् भने विपक्षी मतलाई समेत मिलाएर भए पनि प्रचण्डलाई चितवनबाट विदा गरेरै छोड्ने घोषणा पनि उनले गरेका छन् । प्रचण्ड यो राष्ट्रकै समस्या भएको भन्दै उनले राष्ट्रिय राजनीतिको केन्द्र मैदानबाट प्रचण्डलाई विदा गर्नु यो देशकै लागी लाभदायक कुरा भएको बताए ।
प्रचण्डले कहिले एमाले तिर लागेर काग्रेसमा खेल्ने त कहिले कांग्रेस तिर लागेर एमालेमा खेल्ने गरेर आज सम्म राजनीति टिकाएको भन्दै अब यस्तो फोहोरी खेलबाट उनलाई विदा गर्नै पर्ने ज्ञवालीले बताए । अहिले कांग्रेससँग गठबन्धन गरेर एमाले हराउने खेलमा उनी लागे पनि सम्भव नभएको उनले बताए ।
अहिलेको गठबन्धनलाई स्वार्थ परक गठबन्धनको संज्ञा ज्ञवालीले दिएका छन् । यो गठबन्धन कुनै पनि निति र सिद्धान्तको जगमा नभएको भन्दै कुन दिन आफैँ भत्कने दाबी पनि उनले गरेका छन् । उनले यो गठबन्धनलाई बाँसको टुप्पोमा कसौडी राखेर तलबाट सानो आगो दिएर पकाउन खोज्ने वीरवलको खिचडी जस्तो पनि भनेका छन् ।
एमालेले चितवन जिल्लाका अध्यक्ष रामप्रसाद न्यौपानेलाई चितवन ३ बाट प्रतिनिधीसभाको सदस्यका लागि सर्वसम्मत उमेदवार सिफारिस गरेको छ । न्यौपानेले पनि प्रचण्डलाई राष्ट्रिय समस्या भन्दै उनलाइ हराउन आफू काफी रहेको जिकिर गरेका छन् ।




















प्रतिक्रिया