Logo

कर्पोरेट फोकस

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ८१ करोड



स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८१ करोड बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ८१ करोड १३ लाख रुपैयाँ खुद नाफा भएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८।३९ प्रतिशतले बढी हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२।८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७।१० प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४१।१८ प्रतिशत र सञ्चालन मुनाफा ६९।२० प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ९।७४ प्रतिशत, निक्षेप ६।७१ प्रतिशत र कर्जा ०।०३ प्रतिशत बढेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।