पंचायतका झुण्ड बयोबृद्ध नेता दीपक बोहरा रुपन्देही–३ बाट फेरि चुनावी मैदानमा छन् । उनको उमेद्वारीले यस क्षेत्रमा चुनावी रौनकता मरेको छ । स्थानीयमा चुनावप्रतिको उत्साह छैन । कारण हो पंचायतदेखि लगातार रुपमा चुनाव लड्दै आएका दिपक बोहरा । उनी राप्रपाका हुन् । जसलाई एमालेले समेत समर्थन गरेको छ । तथापी पार्टीले समर्थन गरेपनि स्थानीय कार्यकर्ताले भने बोहराले आराम गर्नुपर्ने बेला आएको बताएका छन् । युवापंत्तिहरु उनको विपक्षमा छ ।
चरम भ्रष्टदेखि ठेकेदारीसम्म काण्डैकाण्डमा बोहरा
त्यसो त बोहरा अर्बपति हुन् । उनी ठेकेदार पनि हुन् । चर्चित आयल निगमको जग्गा खरिद काण्डमा समेत उनको संलग्नता देखिएको आरोप उनीमा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे गरेको छानविन भने अहिलेसम्म लुकाइएको छ । विगतको राजनीतिक घटनाक्रमलाई नियाल्ने हो भने बोहोरा जसरी पनि चुनाव जित्ने र शक्तिमा रहने भन्ने मान्यता रहेका व्यक्ति हुन् । उनी विवादास्पद मात्रै होइन कैयों आरोपका आरोपीत हुन् । पटक पटक गरी मन्त्री बनेका उनी चुनाव भन्दा अरु समय कहिल्यै मतदाता समक्ष पुग्दैनन् ।
नत स्थानीय विकासमै चासो दिन्छन् । तर पनि उनी बारबार चुनाव लडडीरहन्छन् । यसपटक भोट माग्न हिड्न सक्ने अबस्थामा समेत उनी छैनन् । बोहराको सम्पत्ति अकुत छ । उनको आफ्नो र उनका आफन्तका नाममा गरी काठमाडौंको बालुवाटारमा मात्रै तीनवटा घर छन् । ती घरको मूल्य मात्रै करिव एक अर्ब पर्न आउँछ । माधवकुमार नेपाल नेतृत्वको सरकारमा वनमन्त्री भएका बेला उनलाई काठ तस्करको ठूलै आरोप खेप्नु परेको थियो ।
जतिवेला उनले अर्को घर थपेका थिए । उनले त्यसबेला माधव नेपाल सरकारको वनमन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरण मात्रै हेर्ने हो भने पनि उनीसँग २ अर्ब बढीको सम्पत्ति छ । त्यतिबेला बोहोराको आफ्नै नाममा दुई रोपनी जमीन थियो । सोही जमीनमा सँगै दुई तले घर पनि रहेको उल्लेख गरेका थिए । त्यसबेला बोहोराले बालुवाटारमै श्रीमती उन्नति बोहराका नाममा ८ आना जग्गा रहेको विवरण बुझाएका थिए ।
बालुवाटारमा रहेका तीनवटा घर मध्ये दुईवटा घर उनको आफ्नै नाममा छन् भने एउटा घर श्रीमतीका नाममा छ । बोहोराले आफ्नो सम्पत्ति विक्रीबाट उक्त घरहरु खरिद गरेको भनी सम्पत्ति विवरणमा उल्लेख गरेको भएपनि रुपन्देहीमा समेत उनको एक अर्ब बराबरको सम्पत्ति हालसम्म रहेको छ ।
पूर्वमन्त्री बोहराका नाममा ललितपुरको लुभुमा ४ रोपनी ३ आना जमिन छ । यो उनले मन्त्री भएकै बर्ष ०६६ सालमा खरिद गरेका थिए । यस्तै बोहरा र चन्द्र प्रकाश श्रेष्ठको संयुक्त नाममा रुपन्देहीमा ४ विघा १५ कट्ठा जमीन छ । बोहरासँग काठमाडौ भद्रकालीमा २ सय ८७ वर्ग मिटर जमिन छ । यस्तै काठमाडौंको गोठाटारमा २ सय वर्ग मिटरको अर्को घडेरी छ ।
बोहोराको काभ्रेको पाँचखालमा ९ रोपनी जग्गा छ भने उनको काभ्रेको पाँचखालमै अर्को कित्ता ५ रोपनी १० आना जमीन छ । काठमाडौं गोठाटारमा २०० वर्ग मिटरमा फैलिएको घडेरी पनि उनीसँग छ । बोहराले आफूसँग १ सय २० तोला सुन रहेको विवरण आफैले देखाएका थिए । यसबाहेक करिव ५ किलो सुन उनसिँग अबैधानिक रुपमा रहेको छ ।
उनको नाममा एउटै बैंकका छ वटासम्म बैंक खाता रहेकाे पाइएका छन् । आफन्तको नाममा करिव ६० करोड रुपैयाँ उनले राखेका छन् । उनी हरेक सरकारमा मन्त्री भए । केपी ओली, माधव नेपाल र प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी मन्त्री थिए । प्रचण्ड नेतृत्वका बेला उनी आपूर्ति मन्त्री बेका थिए । जतिवेला चर्चित आयल निगमको जग्गा खरिद काण्डमा उनी मुछिएका हुन् ।
हाल बोहरासँग ६ लाख ३ हजार ३ सय ६५ कित्ता शेयर देखिन्छ । राजतन्त्र हुँदाबाटै मन्त्री रहेका उनी गणतन्त्रमा पनि पटक पटक मन्त्री भए । तर न उनले विकास गरे न कुनै राम्रो काम । ३० वर्षको बीचमा बोहरा दश पटक मन्त्री भएका छन् । उनको अनुहार फेरि चुनावी मैदानमा छ । उनलाई देखेरै राजनीतिमा वितृष्णा जागेको रुपन्देही क्षेत्र नं। ३ का समाजसेवी रुद्र ढकाल बताउँछन् । यसपटक बुढाखाडा सबैलाई हराउन युवाहरु लागिपरेको उनले बताए ।





















प्रतिक्रिया