काठमाडाैं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड (PIC) ले आर्थिक बर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएकाे छ । इन्स्योरेन्सको बुधबार साँझ बसेको संचालक समितिको ३१४औं बैठकले १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हाे ।
प्रिमियर इन्स्योरेन्सले चुक्ता पूँजी रु १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० को ५ प्रतिशतले हुने रु ६ करोड १३ लाख ८४ हजार २४० बराबरको बोनस शेयर र १० प्रतिशतले हुने रु १२ करोड २७ लाख ६८ हजार ४८० बराबरको नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
उक्त प्रस्ताव नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई अगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपश्च्यात मात्र वितरण गरिनेछ।




















प्रतिक्रिया