Logo

अर्थ

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष ७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे बस्नेगरी आह्वान गरेको हो ।

बैंकको उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै बैंकको अधिकृत पुँजी १८ अर्ब ५० करोड रुपैयाँबाट बृद्धि गरी ५० अर्ब पुर्याउने विशेष प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ११:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।