काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख २१ हजार १२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
यो शेयरमा संस्थापकबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। यसअघि यो शेयर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।
इच्छुकले ७ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या खुलाई बैंकको काठमाडौं नक्सालस्थित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।



















प्रतिक्रिया