काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँको कुल ५ प्रतिशतले हुन आउने २ करोड २० लाख ८३ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४.७५ प्रतिशतले हुन आउने २ करोड ९ लाख ७८ हजार ९४९.७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ११ लाख ४ हजार १५५.२५ रुपैयाँबराबरको नगद लाभांश छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।



















प्रतिक्रिया