Logo

अर्थ

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा



काठमाडाैं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चितीबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १६:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।