Logo

अर्थ

प्रदेश १ लोक सेवा आयोगले माग्यो ३१६ कर्मचारी (सूचनासहित)



विराटनगर । प्रदेश लोक सेवा आयोग विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि आन्तरिक र खुला गरि ३१६ जना कर्मचारीको माग गरेको हो ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०९:३२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।