काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको हिजो मंसिर १९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा आउनेछ ।




















प्रतिक्रिया