Logo

अर्थ

सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, पूर्वनिर्धारित समयमै वितरणको लागि पठाइने



काठमाडौं । मेलम्ची खानेपानी सुन्दरीजल आइपुगेको छ। सुन्दरीजल आइपुगेको पानी पूर्वनिर्धारित समयमै मेलम्चीको पानी वितरणका लागि पठाने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ ।

गत हप्ता मात्र मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि अस्थायी बाँध बनाएर सुरुङमा पानी पठाउन सुरु गरिएको थियो । बाढीले क्षति पुगेको आयोजना स्थलमा बालुवा, ढुङ्गा लगायत हटाएर अस्थायी बाँध बनाएर पानी पठाउन सुरु गरिएको थियो ।

पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ । २०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १४:२५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।