Logo

अर्थ

शिखर इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्षको वितरणयोग्य नाफा जगेडा तथा कोष रकमबाट हाल कायम चुक्तापुँजीको कुल १६.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०७९, शुक्रबार ११:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।