Logo

कर्णाली प्रदेश

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल



सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।

आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिए । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुन् ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार २१:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।