Logo

विविध

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन



मुस्ताङ । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा समयमै बजार पुर्‍याउन नसकिएको मुस्ताङको स्याउ बिक्री हुन नसकेपछि किसान र व्यापारी चिन्तित बनेका छन्। दसैँको मुखमा सडक खुलेपछि एकैपटक बजारमा स्याउ पुग्दा पोखरा र काठमाडौंका गोदाम तथा मन्डी भरिएका छन्।

मुस्ताङका व्यापारी राजु तामाङले एक करोड रुपैयाँभन्दा बढीको स्याउ खरिद गरे पनि हालसम्म आधा मात्रै बिक्री भएको बताए।

त्यस्तै, चिम्ले अर्चार्ड कृषि फार्मका सञ्चालक गुरुङका अनुसार स्याउ नबिक्दा पाकेर बोटबाटै झर्ने र नष्ट हुने समस्या बढेको छ। उनले करिब ४०० मेट्रिकटन स्याउ शीतभण्डारमा राखेका छन्।

यस वर्ष मुस्ताङमा १० हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। कृषि तथा पशु विकास कार्यालयका अनुसार हालसम्म करिब ५० प्रतिशत स्याउ मात्रै पोखरा, काठमाडौंलगायतका सहरमा निकासी भएको छ भने बगैँचामा अझै ४० प्रतिशत स्याउ टिप्न बाँकी छ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार २१:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।