Logo

अर्थ

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (पुस १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार ११:५०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।