मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेले थपलियालाई सर्वसम्मत दलको नेता छनोट गरेको हो ।
बिहीबार हेटौंडामा बसेको संसदीय दलको वैठकले उनलाई दलको नेता चयन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
थपलिया चितवन १ (१) बाट निर्वाचित भएका हुन् । थपलिया मुख्यमन्त्रीको दाबेदारसमेत हुन् । बागमती प्रदेशसभामा एमालेको २७ जना सदस्य छन् ।





















प्रतिक्रिया