काठमाडौं। ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले प्रधानमन्त्री बालेन शाहको पछिल्लो फेसबुक स्टाटसमा उल्लेखित वाक्य“देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ”—ले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना गरेको बताएका छन्।
पन्तका अनुसार, “केवल तीन वर्षको छोटो राजनीतिक यात्रामा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका व्यक्तिलाई यस्तो राजनीतिक साहस र आत्मविश्वास कसले र कुन शक्तिले प्रदान गरिरहेको छ भन्ने प्रश्न महत्वपूर्ण छ। सत्तारूढ दलसँग बढ्दो मतभेदका बीच पछिल्लो छ महिनामा प्रधानमन्त्रीले आफ्नै कार्यशैली र राजनीतिक अभ्यास स्थापित गर्न खोजेको देखिन्छ। यसले नेपाली राजनीतिमा केही गम्भीर प्रश्नहरू जन्माएको छ।”
उनले प्रश्न गरेका छन्, “के अब राजनीतिक दल, नेपाली सेना, नेपाल प्रहरी, अनुसन्धान निकाय, प्रधानमन्त्री बालेन शाह, जेनजी पुस्ता र कर्मचारीतन्त्रबीच राष्ट्रिय संवाद आवश्यक भइसकेको होरु अथवा नेपालमा परम्परागत राजनीतिक अभ्यासभन्दा फरक कुनै नयाँ शक्ति संरचना अर्थात् ‘बालेनोक्रेसी’ सुरु हुन लागेको होरु”
पन्तका भनाइमा, “यी प्रश्नलाई कुनै व्यक्ति वा दलको पक्ष र विपक्षमा उभिएर मात्र हेर्नु पर्याप्त हुँदैन। लोकतान्त्रिक प्रणालीमा राज्यका संस्थाहरूको भूमिका, शक्ति सन्तुलन, राजनीतिक उत्तरदायित्व, नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वार्थबीचको सम्बन्धलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने समय आएको छ।”
उनले थप भनेका छन्, “देश जोगाउने नाममा संस्थागत सन्तुलन कमजोर हुनु हुँदैन, त्यसैगरी पार्टी जोगाउने नाममा राष्ट्रिय स्वार्थ पनि ओझेलमा पर्नु हुँदैन। राज्य सञ्चालन व्यक्तिको लोकप्रियता वा व्यक्तिगत राजनीतिक इच्छाशक्तिमा मात्र निर्भर हुनुको सट्टा बलिया संस्था, स्पष्ट संवैधानिक मर्यादा र राष्ट्रिय सहमतिमा आधारित हुनुपर्छ।”
पन्तले अहिले नेपालमा गम्भीर राष्ट्रिय बहसको आवश्यकता औँल्याउँदै भनेका छन्, “ ‘एआईको युगमा नेपाल’ अभियानले राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारीतन्त्र, जेनजी पुस्ता, प्राज्ञिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबीच खुला, रचनात्मक र जिम्मेवार राष्ट्रिय संवादको वातावरण निर्माण गर्न सहजीकरण गर्न सक्छ।”





















प्रतिक्रिया