काठमाडाैं । नेको इन्स्योरेन्स लिमिटेडले २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा आगामी माघ १५ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्ने छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्। सभाले बोनस सेयरको हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सेयर संरचनाअनुसार सञ्चालक समितिमा प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन पनि अनुमोदन गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, माघ २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




















प्रतिक्रिया