काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको पुष्टि गरेका छन् । शुक्रबार सर्वदलीय बैठकपछि संघीय संसद् भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासामा उपाध्यक्ष प्रधानले यस्तो बताएका हुन् ।
उपाध्यक्ष प्रधानले कांग्रेसतर्फ संकेत गर्दै आफ्नो पार्टीलाई प्रधानमन्त्रीको अफर आएको बताए । ‘ठूला दलहरूबारे हामीले टिप्पणी गर्न मिलेन । कुन विश्वासले आफ्नो गठबन्धन बिग्रियो भन्ने कुरा जनताले हेरिरहेका छन्’, उनले भने, ‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्रीको कुराहरू आएका हुन् । तर त्यो प्रस्ताव आए पनि हामी पद लोलुप छैनौँ ।’
उपाध्यक्ष प्रधानले आफूहरूले स्थिर सरकार चाहेकाले कांग्रेसको प्रस्ताव स्वीकार नहुने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सुझबुझ पूर्ण तरिकाले आएकाले जनताको अपेक्षाविरुद्ध नजाने बताए।उपाध्य
क्ष प्रधानले अस्थीर चरित्रका कारण राप्रपा ठूलो पार्टी हुन नसकेको बताउँदै सिट संख्या हेरेर दल परिवर्तन नगर्ने बताए । ‘विगतका इतिहासले हाम्रो पार्टी ठूलो बन्न सकेन। हामीले ठूलो पद पाउनेबित्तिकै यता जाने, सिट संख्या धेरै पाउनेबित्तिकै उता जाने गर्दा जनताले स्वीकार गर्दैनन्,’ उपाध्यक्ष प्रधानले भने । तर, यता नेपाली कांग्रेसका नेताहरुले भने आफूहरुले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गर्दै आएका छन् ।
- याे पनि…
कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : महामन्त्री शर्मा




















प्रतिक्रिया