Logo

कर्णाली प्रदेश

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शर्मा नियुक्त



सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र राजकुमार शर्मा नियुक्त भएका छन् ।प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार अपराह्न मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले आजै २५ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका शर्मा रुकुम पश्चिम २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा माओवादी र एमालेबीच साढे २/२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ । कर्णालीमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने सहमति केन्द्रमा भएको भए पनि बुधबार आलोपालो गर्ने सहमति भएको हो ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १७:२४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।